उपसभामुखलाई हटाउनु गलत हो : माओवादी केन्द्र
काठमाडौं - नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया थालेको आपत्ति जनाएको छ ।
आज पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले उपसभामुख इन्दिरा रानामाथि महाभियोग लगाउने तयारीस्वरूप हस्ताक्षर संकलन अभियान थालेको भन्दै आपत्ति जनाएको हो ।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने- ‘यसअघि पनि महाभियोग लगाउने तयारी गरेका थिए। अहिले हस्ताक्षर संकलन अभियान नै चलाएछन् । सरकार अधिनायकवाद र तानाशाहीवादतिर जाँदै छ। उपसभामुखलाई हटाउने जमर्को भइरहेको पनि सुन्नमा आएको छ। यो बेठिक हुन्छ।’
उनले आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको कार्यविभाजन, यही भदौ १५ गतेदेखि सुरु गर्न लागिएको मध्यपहाडी लोकमार्ग अभियानलगायत विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक बोलाइएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस