कोभिड-१९ का सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न देउवाले पत्रकार सम्मेलन गर्दै
खबर एक्सप्रेस
२०७८-०१-१७ ०१:१६ मा प्रकाशित
Total Shares: 293
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
कोभिड १९ का सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सभापति देउवाले पहिलोसमय बढ्दो कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव, त्यसमा पार्टीको भूमिका, पछिल्ला राजनीतिक घटनाक्रमलगायत विषयमा धारणा राख्ने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस