काठमाडौं - क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलले उपत्यकामा कम्तीमा पाँच हजार क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्काल निर्माणका लागि पहल थालेको छ । 

आवश्यक पर्दा सार्वजनिक क्वारेन्टाइन स्थललाई तुरुन्त अस्थायी अस्पतालका रूपमा रूपान्तरण गर्न सकिने गरी तयारी थालिएको जनाइएको छ । 

कार्यदलका संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा आइतवार बसेको कार्यदल बैठकले सार्वजनिक क्वारेन्टाइन स्थलसम्बन्धी मापदण्डको मस्यौदा तयार पार्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।