सिन्धुपाल्चोकमा अहिलेसम्म ७ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-०३-०२ ०९:३६ मा प्रकाशित
Total Shares: 261
काठमाडौं - सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परि ७ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हेलम्बु गाउँपालिकाको रहेको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताए । यद्यपी, सनाखत भने हुन सकेको छैन ।
थप मानवीय क्षतिको विवरण आएको नआएको र बढ्ने सक्ने पोखरेलले बताए । नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी गरिरहेको उनले बताए ।
बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । साथै, ३ ओटा झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।
मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध बगाएको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा ठूलो क्षती भएको पोखरेलले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस