गौरीगंगा नगरपालिकाका मेयर देउवालाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०६-१६ ०९:२२ मा प्रकाशित
Total Shares: 284
धनगढी - कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना भाइरस संक्रमण भएको छ।
केहिदिन अघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई संक्रमण देखिएपछि गरिएको परिक्षणमा शुक्रबार साँझ रिपोर्ट पोजेटिभ आएको मेयर देउवाले जानकारी दिए ।
मेयर देउवा अहिले आईसोलेसनमा बसेका छन् । आफुलाई कोरोनाको कुनै लक्षण नदेखिएको र आफ्ना सम्पर्कमा आएका सबैलाई सतर्क रहन उनले आग्रह गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस