बामदेव गौतमले गरे एमाले परित्याग
खबर एक्सप्रेस
२०७८-०५-१८ ०७:५९ मा प्रकाशित
Total Shares: 428
काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। गौतमले शुक्रबार साँझ थापाथलीस्थित एमाले केन्द्रीय कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् ।
नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका गौतम पहिलो वरियताका उपाध्यक्ष थिए। उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए ।
गौतम पछिल्लो समय एमाले विभाजन गर्दै माधव नेपालले हालै खालेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)मा जाने बुझिएको छ । तर, गौतमले जनताको बहुदलीय जनवाद एकीकृत समाजवादीको मार्गदर्शक सिद्धान्त बन्नुपर्ने अडान राखेका छन् ।
राजीनामा पत्र:-
फेसबुक पेज Like गर्नुहोस