प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा निवेदकको जवाफी बहस जारी
खबर एक्सप्रेस
२०७७-११-०२ ०१:४२ मा प्रकाशित
Total Shares: 352
काठमाडौं - प्रतिनिधि सभा विघटनको विरुद्धमा परेका मुद्दाहरुमाथि सर्वोच्च अदालतमा जवाफी बहस जारी छ ।
आइतबारदेखि सुरु भएको जवाफी बहसमा रिट निवेदकका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहस सकेका छन् । उनले प्रधानमन्त्रीका वकिलले भनेजस्तो सरकारलाई संसद्ले असहयोग नगरेको पनि बताएका छन् ।
अहिले अधिवक्ता दिनेश त्रिपाठीले बहस गरिरहेका छन् । प्रतिनिधिसभा विघटनको विपक्षमा १३ वटा रिट दायर भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस