सुवास नेम्वाङको दाबीः तोकिएकै समयमा निर्वाचन हुन्छ
काठमाडौं,इलाम - नेकपाको सत्तापक्षका नेता सुवासचन्द्र नेम्वाङले सरकारले तोकेको मितिमै निर्वाचन हुने दाबी गरेका छन् । बिहीबार इलाममा नेकपाको ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले तोकिएकै समयमा निर्वाचन हुने बताएका हुन् ।
आफू निकटका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा रहेकाले ताजा जनादेशमा जाने सरकारको निर्णय जायज भएको तर्क गरे । त्यस्तै, उनले निर्वाचनमा नजाने भन्नु प्रतिगमन रहेको बताएका छन् । केही नेताले जनताबाट अनुमोदन हुनबाट डराएर निर्वाचनविरुद्ध प्रचारबाजी गरेको समेत उनको आरोप छ ।
नेता नेम्वाङले पार्टीको आधिकारिकता पनि आफ्नो पक्षको भएको दाबी गरेका छन् । भेलालाई सम्बोधन गर्दै निर्वाचन आयोगले सूर्य चिन्ह पनि आफुहरुर्लाइ नै दिने उनको दाबी छ ।
फेसबुक पेज Like गर्नुहोस