मनास्लु आधार शिविरमा हिमपहिरो, एक दर्जन पर्यटक हराएको अनुमान
खबर एक्सप्रेस
२०७९-०६-१० ०३:१० मा प्रकाशित
Total Shares: 196
काठमाडौं - मनास्लु हिमालमा सोमवार बिहान हिउँपहिरो गएको छ ।
चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिउँपहिरो जाँदा एक दर्जन पर्यटक हराएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आरोहणको सिजन भएकोले आधार शिविरमा करिब ५ सय जना आरोही तथा सहयोगी पुगेका थिए । यद्यपि मानवीय क्षति पुष्टि भैसकेको छैन । खोजी र उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर आधार शिविरमा पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस