काठमाडौं - फिफिलिपिन्सको दक्षिणी भागमा कम्तीमा ८५ जना चढेको एक सैन्य विमान दुर्घटनाग्रस्त भएको त्यहाँका वायुसेना प्रमुखले जानकारी दिएका छन् । 

सी–१३० विमानको जलिरहेको अवशेषबाट अहिलेसम्म १५ जनाको उद्धार गरिएको छ । सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्न खोज्दा विमान दुर्घटनाग्रस्त भएको जनरल सिरिलितो सोबेजानाले एएफपी समाचार संस्थालाई बताए । 

‘उद्धारकहरू घटनास्थलमा पुगेका छन् । थप ज्यान जोगाउन सकिन्छ कि भनी हामी ईश्वरसँग प्रार्थना गरिरहेका छौं,’ सोबेजानाले बताए । 

विमानका अधिकांश यात्रुहरूले हालै मात्र आधारभूत सैन्य तालिम लिएका थिए र उनीहरूलाई उक्त टापुमा आतंकवादीहरूविरुद्ध लड्न खटाइएको थियो । 

दक्षिणी फिलिपिन्समा अबु सय्यफ लगायतका लडाकू समूहहरू सक्रिय रहेका सेनाको भारी उपस्थिति छ ।