इलाम र कञ्चनबारीमा ज्योति विकास बैंक
काठमाडौं - ज्योति विकास बैंकले इलाम र कञ्चनबारीमा दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकिग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो ।
इलाम नगरपालिका ७– इलामबजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको उदघाटन बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । उदघाटन समारोहमा बैंकका संचालक समितिका सदस्य,बैंकका विभिन्न पदाधिकारी र कर्मचारी,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीको उपस्थिति रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै बैंकले चैत २३ मा लमजुंग बेसीशहर स्थित नयाँ शाखा पनि संचालनमा ल्याएको छ । नयाँ शाखा उदघाटनको अवसरमा बैंकले इलाम र कञ्चनबारी शाखाका ग्राहकको निमित्त शुन्य मौज्दातमै क्युआर कोड, निःशुल्क डलर कार्ड,निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा उपलब्ध गराउदै आएको छ ।
फेसबुक पेज Like गर्नुहोस