कैलाली कारागारमा भएको हिंसात्मक झडपमा घाइते भएका२७ कैदी डिस्चार्ज
खबर एक्सप्रेस
२०८२-०४-३० ०७:२६ मा प्रकाशित
Total Shares: 63
धनगढी - कैलाली जिल्ला कारागारमा शुक्रबार राति भएको हिंसात्मक झडपमा घाइते भएका २७ कैदीबन्दीलाई सेती प्रादेशिक अस्पतालले उपचारपछि डिस्चार्ज गरेको छ ।
तर, माहोल फेरि अशान्त हुन सक्ने जोखिमका कारण उनीहरूलाई तत्काल कारागारमा नपठाई अस्पतालमै राखिएको छ । जेलर जालन्धर भुसालका अनुसार डिस्चार्ज भएका कैदीमध्ये तीन जनालाई कञ्चनपुर कारागारमा स्थानान्तरण गरिएको हो ।
बाँकीलाई पनि अन्यत्र सार्न कारागार विभाग र आफन्तसँग छलफल भइरहेको जनाइएको छ ।
शुक्रबार मध्यराति भएको झडपमा ४८ कैदी घाइते भएका थिए । उपचारको क्रममा भरत चौधरीको मृत्यु भएको थियो भने गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस