तिहारमा देउसी भैलो खेल्न नपाइने
खबर एक्सप्रेस
२०७७-०७-२२ ०८:२२ मा प्रकाशित
Total Shares: 218
काठमाडौं - नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस ९कोभिड–१९० महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो ।
प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाटै देउसी भैलो नखेल्न र नखेलाउन स्पष्ट निर्देशन दिइएको बताए ।
महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुख सँगको भर्चुअल मिटिङमा यस्तो निर्देशन दिएको खबर छापिएको छ ।
गोरखापत्रबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस