झलनाथ खनाललाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७८-०१-१८ ०५:०८ मा प्रकाशित
Total Shares: 1051
काठमाडौं - पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्वस्थ भएपछि गरिएको पिसिआर परीक्षणमा खनालको शनिवार रिपोर्ट पोजेटिभ आएको हो ।
सुरुमा काठमाडौं स्रोह्रखुट्टेस्थित मनमोहन मेमोरियल कलेजमा भर्ना भएका खनाललाई अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा रिफर गरिएको बताइएको छ । उनको अवस्था सामान्य रहेको छ ।
कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल पनि उपचाररत छन्। यसअघि खानेपानी मन्त्री मणीचन्द्र थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, एमाले नेता विष्णु रिजाल लगायतलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस