नागरिकको सुरक्षामा राष्ट्रपतिको चासो
खबर एक्सप्रेस
२०७६-१२-२० ०७:५१ मा प्रकाशित
Total Shares: 279
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति गम्भीर चासो राखेकी छिन् ।
नेपाल–भारतको सीमामा अलपत्र परेकादेखि विभिन्न देशमा रहेका नेपाली नागरिकको स्वास्थ्य र सुरक्षाका विषयमा उनले चासो राखेकी हुन् ।विभिन्न देशमा रहेका १०जना नेपाली राजदूतसँग उनी आफैंले कुरा गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले पछिल्ला दिनमा नेपालको सीमामा आएर बसेका नेपाली नागरिकलाई आफ्नो देशमा आउन दिने र सम्बन्धित निकायले आवश्यक स्वास्थ्य जाँच गरेर क्वारेन्टाइनमा राख्ने व्यवस्थायथा शीघ्र गरिनु राम्रो हुने भन्दै उनले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण पनि गराइन् ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस