सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम
खबर एक्सप्रेस
२०८२-०६-०१ ०५:१५ मा प्रकाशित
Total Shares: 71
काठमाडौं - जनमत पार्टीभित्र गहिरिँदै गएको आन्तरिक विवाद झन् चुलिएको छ।
पार्टीका शीर्ष नेताहरूले अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम दिएका छन्।
उपाध्यक्ष अब्दुल खनाको नेतृत्वमा तयार पारिएको पत्रमा ६ जना नेताहरूको हस्ताक्षर छ। उनीहरूले पार्टी नेतृत्वमा गम्भीर राजनीतिक विचलन, स्वेच्छाचारिता र संगठनको असमान व्यवहारजस्ता विषयमा असन्तुष्टि जनाउँदै तत्कालीन जिम्मेवारीबाट डा. राउत र जयकान्त राउतले राजीनामा दिनुपर्ने माग राखेका हुन्।
राजीनामा नदिए उचित राजनीतिक कदम चालिने चेतावनी दिँदै उनीहरूले पार्टीको भविष्यमाथि प्रश्न उठ्ने स्थिति आउनु दुःखद हुने बताएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस