सीमामा भारतले बनाइरहेको सुरक्षा पर्खालबारे दुवै देशले स्थलगत निरीक्षण गर्ने
काठमाडौं - दार्चुलास्थित नेपाल–भारत सीमामा भारतले निर्माण गरिरहेको सुरक्षा पर्खाल निर्माणबारे दुवै देशका सीमाविद्ले संयुक्त अध्ययन गर्ने भएका छन्।
त्यसका लागि नेपाल र भारतका प्रतिनिधिको संयुक्त टोलीले स्थलगत निरीक्षण तथा अध्ययन गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार प्रतिनिधि सभा बैठकमा जानकारी गराए ।
सरकारले एकतर्फी रुपमा पुस २२ गते प्रमुख नापी अधिकृतको नेतृत्वमा परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रतिनिधि सहभागी एक टोली बनाएर एउटा स्थलगत अध्ययन गरेको उनले बताए । अब उक्त टोलीले गरेको सिफारिसमा आधारमा संयुक्त स्थलगत निरीक्षण गर्न लागिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस