दार्चुला - दार्चुला केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

जिल्लाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान ११ः५५ मा भूकम्प गएको हो।

उक्त भूकम्प ४.१ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।

यसअघि गत बिहीबार पनि धादिङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसअघि गत चैत २२ गते कास्कीको मिजुरे डाँडा केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प र चैत्र १८ मुगुको धैनकोट केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस्तै चैत्र १२ गते दार्चुलाको मुराई केन्द्रविन्दु भएर ४ म्याग्निच्युडकोधक्का महसुस गरिएको थियो ।