कैलाली - कैलालीस्थित रेडियोमा कार्यरत एक पत्रकार मृत फेला परेकी छिन्। घोडाघोडी नगरपालिका-५ मा पत्रकार निर्मला पहराइ मृत फेला परेकी हुन्।

घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका सहसचिव श्रवण देउवाले उनी झुण्डिएको अवस्थामा मृत फेला परेको बताए। घोडाघोडी नगरपालिका-४ की २३ वर्षीया पहराइ कैलाली एफएममा कार्यरत थिइन्।

इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरिक्षकको टोली खटाइएको बताउँदै थप अनुसन्धान भइरहेको जानकारी दिए।

तीन दिनअघि घरबाट सुख्खड जान्छु भनि हिँडेकी उनी त्यसयता सम्पर्कविहीन थिइन्।