काठमाडौं - नेपाल-बंगलादेश क्यापिटलको प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित भएको छ ।राजधानीकाे बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा सम्पन्न संस्थाको तेस्रो बार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै सेयरधनीले २०७८ असार मसान्तसम्म कायम चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश(करसहित) पाउने भएका छन् । हाल संस्थाको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । जसको १९ प्रतिशतका दरले ३ करोड ८० लाख रुपैयाँ नगद लाभांश सेयरधनीले पाउने भएका छन् ।

सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ ।

त्यस्तै, सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने प्रस्तावहरु पारित गरेको छ ।

साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको छ ।