देश र जनतालाई केन्द्रविन्दूमा राखेर सकरात्मक निकास निकालौँ’ : श्रेष्ठ
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश र जनतालाई केन्द्रविन्दूमा राखेर सकरात्मक निकास निकाल्न आह्वान गरेका छन् ।
पार्टीमा भित्र एउटा र बाहिर अर्कै कुरा गर्ने प्रवृत्ति औल्याउँदै सोमबार सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेखेका छन् , ‘हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा ,बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा,अर्को ठांउमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो । त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन ,बरु जटील बनाउछ।त्यसैले पार्टी, बर्ग,आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सिधा,खुला र स्प्ष्टरुपमा छलफल गरौं र सकारात्मक निकास निकालौं।’
उनले अन्तरपार्टी जनवाद, बहस र अन्तरसंघर्षलाई पार्टीको जीवन र चालक शक्ति मानिने पनि बताएका छन् । ‘अन्तरपार्टीजनवाद,छलफल ,बहस र अन्तरसंघर्स लाई पार्टीको जीवन र चालक शक्ति भनिन्छ । अन्तरसंघर्षलाई स्वस्थ र रुपान्तरणमुखी ढँगले सञ्चालन गर्नाले बिचारको परिमार्जन एवं बिकास ,संगठनको ब्यबस्थापन ,परिचालन एवं सुदृढीकरण र सामाजिक रुपान्तरणको क्रान्तिकारी उदेश्यमा योगदान पुर्याउँछ’ उनले भनेका छन्, ‘अन्तरसंघर्षलाई सार्थक निष्कर्षमा पुर्याउन बैचारिक ,सैध्दान्तिक ,राजनीतिक ,प्रवृत्तिगत र मुद्दागतरुपमा सिधा,खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्छ ।’
प्रवक्ता श्रेष्ठले पार्टी एकताको रक्षा गर्न पनि सबैमा आग्रह गरेका छन्।
उनको स्टाटसः
कम्युनिष्ट पार्टीको उदेश्य समाजमा आज सम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु,गराउनु हो ।त्यसका लागि पार्टी भित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त हो।अत: क पा भित्र अन्तरपार्टीजनवाद,छलफल ,बहस र अन्तरसंघर्स लाई पार्टीको जीवन र चालक शक्ति भनिन्छ। अन्तरसंघर्षलाई स्वस्थ र रुपान्तरणमुखी ढँगले सञ्चालन गर्नाले बिचारको परिमार्जन एवं बिकास ,संगठनको ब्यबस्थापन ,परिचालन एवं
सुदृढीकरण र सामाजिक रुपान्तरणको क्रान्तिकारी उदेश्यमा योगदान पुर्याउँछ । अन्तरसंघर्षलाई सार्थक निष्कर्षमा पुर्याउन बैचारिक ,सैध्दान्तिक ,राजनीतिक ,प्रवृत्तिगत र मुद्दागतरुपमा सिधा,खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्छ ।हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा ,बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा,अर्को ठांउमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो ।त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन ,बरु जटील बनाउछ।त्यसैले पार्टी, बर्ग,आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सिधा,खुला र स्प्ष्टरुपमा छलफल गरौं र सकारात्मक निकास निकालौं।पार्टी एकताको रक्षा गरौं,समाजवादउन्मुख सामाजिक-आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढौं ।
फेसबुक पेज Like गर्नुहोस