मन्त्रिमण्डल पुनर्गठन हल्ला मात्रै हो : प्रधानमन्त्री
खबर एक्सप्रेस
२०७७-०५-१९ ०४:१९ मा प्रकाशित
Total Shares: 364
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले आजको मन्त्रिपरिषद बैठकमा मन्त्रिमण्डलको पुनर्गठन हल्ला मात्र भएको बताएका छन्।
बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न मिडियामा मन्त्रिमण्डल पुनर्गठन हुने हल्ला चलेको तर आफूले त्यसबारे नसोचेको प्रतिक्रिया दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री ओलीले यसबारे 'कसैसँग छलफल पनि नगरेको र मन्त्रिहरूलाई ढुक्क भएर काम गर्न' निर्देशन दिएको स्रोतले बतायो।
त्यस्तै हिजो सचिवालय बैठकबाट निर्णय भएको बामदेव गाैतमलाई राष्ट्रसभा सदस्य बनाउने प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकमा पेश नै नभएको पनि स्रोतले देखापढीलाई जानकारी दिएको छ।
फेसबुक पेज Like गर्नुहोस