काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्यास तथा हवाइ इन्धनको मूल्यवृद्धि गरेको हो । 

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ । हवाइ इन्धन आन्तरिकतर्फको साविकको बिक्रि मूल्यमा २ रूपैयाँले वृद्धि भएको छ भने एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढेको निगमले जनाएको छ । 

मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १ सय ३० रूपैयाँ, डिजेल तथा मट्टितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कायम भएको छ । यस्तै एलपी ग्यास प्रति सिलिण्डर १ हजार ४५० कायम गरिएको निगमले जनाएको छ ।