काठमाडौं - प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रमुखमा मिश्रलाई नियुक्त गरेकी हुन् ।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले  राजेश झा (अहिराज)लाई पदमुक्त गरेर महोत्तरीका मिश्रलाई नियुक्त गर्न सिफारिस गरेकाे थियाे । राष्ट्रपति भण्डारीलेले आज नै झा अहिराजलाई पदमुक्त गरेकी थिइन् ।