चेल्सीमाथि पिएसजीको फराकिलो जित
काठमाडौं - चेल्सीकाका गोलकिपर फिलिप जोर्गेन्सनको महँगो गल्तीपछि खेलको अन्त्यतिर चेल्सी धराशायी हुँदा साविक विजेता पेरिस सेन्ट–जर्मेनले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा महत्वपूर्ण अग्रता बनाएको छ ।
पेरिसको पार्क दे प्रिन्स स्टेडियममा ख्भिचा क्वारात्स्खेलियाले दुई गोल गरेपछि पिएसजीले दोस्रो लेगअघि तीन गोलको अग्रता बनायो ।
चेल्सीले ७५ मिनेटसम्म राम्रो प्रदर्शन गर्दै खेल २–२ को बराबरीमा ल्याएको थियो । तर जोर्गेन्सनले दिएको गलत पास सिधै पिएसजीका ब्राड्ली बारकोलाको खुट्टामा पुग्यो, जसपछि भिटिन्हाले गोल गरे । त्यसले पिएसजीलाई तेस्रो पटक अग्रता दिलायो ।
खेलको अन्त्यतिर मैदानमा आएका क्वारात्स्खेलियाले पेनाल्टी बक्स बाहिरबाट शानदार कर्लिङ प्रहार गर्दै अर्को गोल थपे । त्यसपछि खेलको लगभग अन्तिम प्रहारमै साइडफुट फिनिस गर्दै उनले पिएसजीका लागि पाँचौँ गोल गरे ।
खेल सुरु भएको १० मिनेटमै बारकोलाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । उस्मान डेम्बेलेको क्रसपछि आएको बललाई उनले शक्तिशाली प्रहार गर्दै जाली चुमाए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस