मौसम: आज केही प्रदेशमा भीषण वर्षाको सम्भावना
खबर एक्सप्रेस
२०७८-०४-१३ ०९:४९ मा प्रकाशित
Total Shares: 354
काठमाडौं - आज देशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी वायु देशका पश्चिम भेगमा बढी सकृय रहेकाले बुधबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए।
उनका अनुसार दिउँसो र राति कर्णाली र सुदूर पश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना छ। अन्य भेगका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षा हुन महाशाखाले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस