देउवा र पौडेलबीच भेटवार्ता हुँदै
काठमाडौं - प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । देउवा र पौडेलबीच आज अपरान्ह भेटघाट हुन लागेको हो ।
नेता नेपाल पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दबाब दिँदै आएका छन् ।
शुक्रबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको नेपाल पक्षीय नेताहरूको बैठकले पार्टी सभापति देउवासँग भेट गरी पार्टीको क्रियाशील सदस्यतासम्बन्धी बाँकी विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न दबाब दिने निर्णय गरेकोले सोहीबमोजिम दुई नेताबीच भेट हुन लागेको नेता डा. मीनेन्द्र रिजालले जानकारी दिए ।
नेपाली काँग्रेसको महाधिवेशन वैधानिक ढंगले आगामी मंसिर ९–१३ गते सम्पन्न गर्न यही भदौ १८ गते देशभरको वडा अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । तर क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद अझै समाधान भैसकेको छैन ।
फेसबुक पेज Like गर्नुहोस