नेपाली बजारमा आज सुनको मूल्य स्थिर
खबर एक्सप्रेस
२०७८-०२-१९ १२:१६ मा प्रकाशित
Total Shares: 260
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै बुधबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस