काठमाडौं - सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् ।

पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भन्दै ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेका हुन् । 

‘पार्टी केन्द्रले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको ?’ स्पष्टिकरण पत्रमा सोधिएको छ । 

जेठ १० गतेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिएको थियो । बरु, माधवकुमार नेपाल पक्षको बहुमत भएको संसदीय दलले समर्थन फिर्ता लिएन ।  अहिले सूदुर सरकारमा एमालेका पाँच मन्त्री र चार राज्यमन्त्री बनेका छन् ।