गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन माग
काठमाडौं - गण्डकी प्रदेशमा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले विशेष अधिवेशन बोलाउन माग गरेका छन् ।
अधिवेशन अन्त्य भएको २४ घण्टा नबित्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेर प्रतिपक्षी दलहरूले बैठक बोलाउन माग गरेका हुन् ।
’नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा प्रदेशसभा नियमावलीको नियम १४४ को उपनियम १ बमोजिम हामी तपशीलका गण्डकी प्रदेशसभा सदस्यहरुले माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि प्रदेशसभाको विश्वास छैन भनि अविश्वासको प्रस्ताव पेश गरेका छौँ, नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजम मुख्यमन्त्री पदका लागि माननीय कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्तावित गरेका छौँ । प्रदेशसभाको चालु अधिवेशन हठात अन्त्य गरिएको हुँदा मिति २०७८–०१–०१ मा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुन नसकेको हुँदा नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको विशेष अधिवेशन बोलाउन हामी तपशीलका प्रदेशसभा सदस्यहरुले सादर अनुरोध गर्दछौँ ।‘बैठक माग गर्दै प्रदेश प्रमुख समक्ष पेश गरेको पत्रमा उल्लेख छ ।
पत्र:-
फेसबुक पेज Like गर्नुहोस