अवहेलना मुद्धाः लिखित जवाफ दिएर फर्किए प्रधानमन्त्री
खबर एक्सप्रेस
२०७७-११-०६ ०१:०४ मा प्रकाशित
Total Shares: 324
काठमाडौं - अवहेलना मुद्धामा सर्वोच्चले लिखित जवाफ मागेपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार आफै अदालतमा उपस्थित भई लिखित जबाफ पेस गरेर फर्किएका छन् ।
वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री ओलीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै अवहेलना मुद्दा दायर गरेका थिए ।
माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले अवहेलनामा कारवाही किन हुनु नपर्ने भन्नेबारे लिखित जबाफ पेश गर्न आदेश दिएको थियो । उनले आज लिखित जबाफ पेश गरेर फर्किएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस