काठमाडौं - नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले अँग्रेजी नयाँ वष २०२२ को उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी इन्फिनिटिभ पोर्टोफोलियो म्यानेजमेन्ट सर्भिस संचालनमा ल्याएको छ । यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले बार्षिक शुल्क वापत वर्ष २०२२ को लागि केवल रु. २०२२ मात्र सीमित शुल्क तिर्नुपर्ने हुन्छ ।

नन् डिसकेस्सनरी प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए वापत लगानीकर्ताहरुले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नुपर्ने छैन । यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टोफोलियो एनालिस्ट तथा गहन विश्लेषण, रिसर्चको आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिश गरिनेछ र लगानीकर्ताले दिएको आदेश अनुसार खरिद वा बिक्री गरिने काम गरिन्छ । व्यवस्थापन गरे वापत लगानी गरिएको रकममा भएको फाईदामा कुनै प्रकारको शुल्क तथा दस्तुर लिईनेछैन भने लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै वेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ । यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा  शेयरको मुल्यांकन गराई प्रवेश गर्न सकिनेछ ।

विगतका दिनहरुमा यस कम्पनीबाट संचालन गरिएको बिभिन्न स्किमहरुबाट पूर्ण फाईदा लिएका लगानीकर्ताहरु तथा नयाँ लगानी गर्न चाहने लगानीकर्ताहरुले सीमित अवधि अर्थात् जनवरी २०२२ महिना भरिको लागि मात्र यो सुविधा दिईनेछ ।