उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी बन्द गर्ने तयारी
खबर एक्सप्रेस
२०७६-१२-०७ ०५:३१ मा प्रकाशित
Total Shares: 196
काठमाडौं - उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी बन्द गर्ने तयारी थालिएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गर्न लागेको बताइएको छ ।
सार्वजनिक यातायातमा कोरोना फैलिने उच्च जोखिम भएसँगै काठमाडौं उपत्यकाभित्रको सवारीसाधन बन्द गर्ने तयारीमा सरकार रहेको बताइएको छ ।
सवारी बन्दको निर्णय गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक जारी छ ।
फेसबुक पेज Like गर्नुहोस