विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट एमालेले शुल्क नउठाउने
खबर एक्सप्रेस
२०८२-०५-१८ ०२:५५ मा प्रकाशित
Total Shares: 97
काठमाडौं-नेकपा एमालेले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट शुल्क नउठाउने भएको छ ।
विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले महासचिव पोखरेलले सो जानकारी दिएका हुन् ।
भदौ २० गतेदेखि २२ गतेसम्म गोदावारीमा एमालेको दोस्रो विधान महाधिवेशन हुँदैछ । महाधिवेशनमा २,३९२ जना सहभागिता हुँदैछन्।
महासचिव पोखरेलले विधान महाधिवेशन राजनीतिक, विधान संशोधन, सांगठनिक प्रस्ताव र विभागले प्रतिवेदन पेश गर्ने जानकारी गराए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस