बालुवाटार पुगेर प्रचण्डले गरे ओलीको स्वास्थ्य लाभको कामना
खबर एक्सप्रेस
२०७६-१२-०१ ०३:३१ मा प्रकाशित
Total Shares: 441
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
शनिबार बिहान सरकारी निवास बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेको बालुवाटार स्रोतले बताएको छ ।
भेटमा प्रचण्डले ओलीलाई मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा बधाई पनि दिएका थिए ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस