बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई
खबर एक्सप्रेस
२०७८-१०-२२ ०५:२४ मा प्रकाशित
Total Shares: 269
काठमाडौं - नर्वेले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जितेको छ । थेरेसे जोहाउगले नर्वेका लागि पहिलो स्वर्ण पदक जितेकी हुन् ।
उनले महिलाको स्कीयाथलनको १५ किलोमिटर क्रस कन्ट्री स्कीइङमा स्वर्ण हात पारिन् । तेस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी जोहाउगका लागि यो दोस्रो स्वर्ण तथा चौथो ओलम्पिक पदक रहेको छ ।
उनले ४४ मिनेट तथा १३.७ सेकेन्डमा सो दूरी पुरा गरेकी थिईन् । यस्तै, रुसकी नाटालिया नेपर्याइभाले ४४ मिनेट तथा ४.३९ सेकेन्डमा रजत पदक तथा अष्ट्रीयाकी टेरेसा स्टाड्लोबरले ४४ मिनेट तथा ४४.२ सेकेन्डमा कास्य पदक जित्न सफल रहिन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस