काठमाडौं - स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै केही जिल्लामा डरलाग्दो दरले कोरोना संक्रमण फैलिएको जानकारी दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमणदर डरलाग्दो रहेको बताएका छन् । 

उनले अगाडि भनेका छन्, 'जनस्वास्थ्यका मापदण्डहरुको संवेदनशिल भई कडा रुपमा पालना गर्नु गराउनु पर्नेछ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिइरहेको यो अवस्थामा सबै जना संवेदनशिल हुन हार्दिक अपिल छ ।'