काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन्। पत्नि कोमल शाहसँगै बिहीबार बिहान नेपाल एयरलाइन्सको जहाज चढेर दिल्ली प्रस्थान गरेका हुन् । 

शाह दम्पती हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ मा सहभागी हुन भारत गएको पूर्वराजाको स्वकीय सचिवालयले जनाएको छ । 

मेलामा पूर्वराजा शाहलाई प्रमुख अतिथि बनाइने महाकुम्भ आयोजक स्रोतले बतायो ।