काठमाडौं उपत्यकामा १ हजार ९३ संक्रमित थपिए
खबर एक्सप्रेस
२०७८-०२-१६ ०४:४० मा प्रकाशित
Total Shares: 251
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार भक्तपुरमा ११३, काठमाडौंमा ८०४ र ललितपुरमा १७६ संक्रमित थपिएका हुन्।
शनिबारसम्म भक्तपुरमा ४ हजार ५८०, काठमाडौंमा १५ हजार ९३० र ललितपुरमा ६ हजार ५७० सक्रिय संक्रमित थिए।
फेसबुक पेज Like गर्नुहोस