काठमाडौं - नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता  गरेका छन् ।

मंगलबार अपरान्ह राष्ट्रपति भवन शितल निवास पुगेर राजकुमार एडवार्ड तथा उनकी पत्नी सोफियाले भेटवार्ता गरेका हुन्  ।

भेटका क्रममा दुई देशबिच रहि आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।