राजावादीले पुर्याएको क्षतिको गृहमन्त्री लेखकले गरे अनुगमन
काठमाडौं - राजावादीहरूको तोडफोडबाट पुगेको क्षतिको अनुगमन गर्न गृहमन्त्री रमेश लेखक तीनकुने पुगेका छन् । शनिबार बिहानै तीनकुने पुगेर उनले राजावादीहरूको तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका हुन् ।
शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको छ । हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने आन्दोलनकारीहरूले तीनकुने लगायत आसपासका क्षेत्रमा कयौं घरहरू तोडफोड गरेका छन् ।
शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । तीनकुनेको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने ११० जना सुरक्षाकर्मी घाइते भएका थिए । १४ ठाउँमा आगजनीका घटना र निजी तथा सरकारी गरी १५ गाडी जलाएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस