उम्मेदवारहरूको नाम पुस २० गतेभित्र सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालले पुस २० गते भित्र उम्मेदवारको नाम गरिसक्न परिपत्र गरेको छ ।
आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम पुस २० गतेभित्र सिफारिस गर्न जसपा नेपालले मातहत समितिलाई परिपत्र गरेको हो ।
संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस २० गतेभित्र उम्मेदवारको नाम केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डमा पठाइसक्न मातहत समितिलाई परिपत्र भएको छ ।
एक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्न भनिएको छ । जसअनुसार पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारको नाम पठाउनुपर्नेछ ।
प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीउपर निर्णय गरी पुस २० गतेभित्र केन्द्रीय कार्यालयमा पठाउनुपर्ने जसपाले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस