युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक पक्राउ
खबर एक्सप्रेस
२०७८-०३-०२ ०१:४८ मा प्रकाशित
Total Shares: 405
काठमाडौं,ललितपुर - एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
चौबीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका-१ घर भएका २३ वर्षीय अनुष माझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
माझीले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस