काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। 

पुनर्गठित मन्त्रिपरिषद्मका ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्रीले सपथ लिएका छन् । उनीहरुले शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन्।

पुनर्गठित मन्त्रिपरिषदमा जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षबाट ८ मन्त्री र दुई राज्यमन्त्री बनेका छन् । वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकास मन्त्री बनेका छन् ।

यस्तै, विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र मन्त्री बनेका छन्। पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

जसपाको तर्फबाट शरत सिहं भण्डारी उर्जा, अनिल झा खानेपानी , बिमल श्रीवास्तव– श्रम, उमाशंकर अरगरिया वन, लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला, एकबाल मियाँ युवार चन्द्रकान्त चौधरीले उर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन आफूसँगै राखेका छन् ।

मन्त्रिपरिषद्को कार्यविभाजन:-

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।

विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ

राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास

रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र

शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री

कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा

बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात

लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला

शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा

अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई

विमल श्रीवास्तव : श्रम तथा रोजगार

उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण

लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था

चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद

चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा

रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक