काठमाडौं - हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । 

हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको थोरै स्थानहरू चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ।