ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी निरीक्षक लामाको निधन
काठमाडौं - ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक अभय लामाको निधन भएको छ ।
आइतबार राति तारकेश्वर नगरपालिका–८ डाँडागाउँस्थित सडकमा ३२ वर्षीय लामा सवार बाप्र०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाछ घाइते भएका लामालाई उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि बीएण्डबी अस्पताल रिफर गरिएको थियो ।
उपचारका क्रममा लामाको ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा आज निधन भएको हो ।
रामेछाप घर भएका हाल तारकेश्वर–७ स्थित फुटुङ बस्दै आएका प्रहरी निरीक्षक लामा त्यो दिन नेपालटारबाट फुटुङतर्फ जाँदै थिए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार
लामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस