दिनेश घिमिरेलाई सचिव पदमा बढुवा गर्ने सरकारको निर्णय
काठमाडौं - सरकारले दिनेश कुमार घिमिरेलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रशासन सेवा समूहिकरणतर्फ राजपत्राङ्कीत विशिष्ट श्रेणीको रिक्त सचिव पदमा दिनेश कुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
भदौ पाँच गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोपीकृष्ण खनाल निवृत्त भएपछि रिक्त एक पदका लागि बढुवा समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। जसमध्ये मन्त्रिपरिषद्ले दिनेश कुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको हो।
बैठकले अर्थमन्त्रालयको प्रस्तावमा प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ भने नेपाल र फिलिपिन्सबीच कूटनीतिक र सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिन सम्झौतामा हस्ताक्षर गर्न स्वीकृती दिने निर्णय गरेको छ।
फेसबुक पेज Like गर्नुहोस