पास भएकालाई पनि नाकाबाटै फर्काइँदै
खबर एक्सप्रेस
२०७७-०१-२५ ०७:४२ मा प्रकाशित
Total Shares: 336
काठमाडौं - सरकारले पास भएका सवारी साधनलाई उपत्यका छिर्ने नाकाबाट फिर्ता गर्न थालेको छ ।
पास लिएकाहरुबाटै बन्दाबन्दी (लकडाउन) उल्लंघनका घटना वृद्धि भएपछि सरकारले चेकजाँचमा कडाइ गर्न थालेको हो ।
अब पास भएर पनि उपत्यका बाहिरबाट आउनेले अत्यावश्यक कामबाहेक प्रवेश पाउने छैनन् । प्रहरी प्रशासनले बुधबारबाट पास भएकालाई अत्यावश्यक कामबाहेक प्रवेशमा रोक लगाउन थालेको हो ।
बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रिनेहरुले अत्यावश्यक काममा मात्र प्रवेश पाउने प्रहरीले जनाएको छ ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस