देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेश भारी वर्षाको सम्भावना
खबर एक्सप्रेस
२०८२-०४-२० ०७:३३ मा प्रकाशित
Total Shares: 194
काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ। यो नेपालको तराई नजिक अवस्थित छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साधारणतया देशभर बदली रहनेछ।
सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस