काठमाडौं- दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जेडन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ। यद्यपि, उनको निधनको कारण भने खुलाइएको छैन।
उनले फिफा विश्वकप २०२६ मा दक्षिण अफ्रिकाका लागि तीन खेल खेलेका थिए।
दक्षिण अफ्रिकी फुटबल खेलाडी संघ (एसएएफपियू)ले शनिबार विज्ञप्ति जारी गर्दै मामेलोडी सनडाउन्स तथा दक्षिण अफ्रिकी राष्ट्रिय टोली बाफाना बाफानाका मिडफिल्डर एडम्सको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो।
संघले विज्ञप्तिमा भनेको छ, ‘जेडनले हालै मात्र फिफा विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै साहस, समर्पण र गौरवका साथ राष्ट्रको आशा बोकेका थिए। उनको निधन परिवार, टोलीका सहकर्मी, क्लब, सम्पूर्ण फुटबल समुदाय र देशकै लागि अपूरणीय क्षति हो।’

.gif)



